पोखरा महानगरपालिका–१७ ड्यामसाईडस्थित ज्इत्भ्ी क्ब्ल्म्थ् द्यीइइः बाट ६ जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको सूचनाको आधारमा कास्की प्रहरीले असोज २८ गते साँझ १ लाख ८८ हजार ४४ सय २६ नगद र २०७ पत्ति ताससहित पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा जुवा सम्बन्धी मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका–४ घर भई पोखरा–१७ बस्ने ३८ वर्षिय नवीन थापा, पुतलीबजार नपा–७ घर भई पोखरा–१० बस्ने ४० वर्षिय भेषबहादुर गुरुङ, पोखरा–१२ का ४३ वर्षिय शंकर थापा, पोखरा–१७ का ५३ वर्षिया सावित्री गुरुङ पुन, कास्कीको माछापुच्छ«े गाउँपालिका–२ घर भई हाल पोखरा–७ वस्ने ३९ वर्षिया दुर्गा गुरुङ र पोखरा–१७ की ४९ वर्षिया आइती गुरुङ रहेका छन् ।
Post Views: 79