पोखरालाई उज्यालो घोषण, प्रदेशलाई पनि घोषणा गर्ने तयारी

Share this post :

Facebook
Twitter
WhatsApp

पर्यटकीय नगर पोखरालाई दुई दिनअघि ‘उज्यालो पोखरा’ घोषणा गरिएको छ । विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगरप्रमुख धनराज आचार्यले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । पोखराका मुख्य सडकलाई उज्यालो बनाउने उदेश्यले २ हजारभन्दा बढी बत्ति जडान गरिएको छ । महानगरका २३ मुख्य चोकमा हाइमास्ट लाइट राखिएको हो ।
सभागृहचोकदेखि चिप्लेढुंगा, पुरानो एअरपोर्टदेखि छोरेपाटनको आरटिओ रोडमा स्मार्ट सडक बत्ती राखिएका छन् । महानगरको उज्यालो पोखरा अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरण र महानगरको साझेदारीमा हाइमास्ट र स्मार्ट सडक बत्ती राखिएका हुन् । सरकारले देशका मुख्य शहरमा यो अभियान चलाएको छ । जसअनुरुप पोखरामा अभियान पुरा भएको हो । देशभरी विद्युत पुयाउने उदेश्य सरकारको छ । घिसिङले अव चाँडै नै गण्डकी प्रदेशलाई नै उज्यालो प्रदेश घोषणा गर्ने बताएका छन् । पोखरामा हुने दुर्घटना, चोरी लागयत नियन्त्रणमा यसको मद्दत पुग्ने उनको भनाई थियो ।
सडक र चोकमा राखिएका यी बत्तीमा खराबी आएका ५ वर्षसम्म निर्माण कम्पनीले सित्तैमा बनाउने शर्त छ । यी बत्तिमा उठ्ने शुल्क भने पोखरा महानगरले तिनुपर्ने छ । हरेक बत्तिमा मिटर राखिएको र त्यही अनुसार तिर्नुपर्ने महानगरका इन्जिनियर ध्रुव भट्टराईले बताए । बताउँछन् । यसका लागि १४ करोड ६५ हजार ९१ रुपैयाँ छ । सडक बत्ती ९० वाट र १ सय २० वाट गरी २ प्रकारका छन् भने हाइमस्ट लाइटको क्षमता १ हजार ६ सय वाट छ । हाइमास्ट लाइट र अरु स्मार्ट सडक बत्तिका कारण पोखराका मुख्य सडक राति झिलीमिली देखिएका छन् । पोखरा महानगरले न्युरोडमा एक करोड खर्चेर डिभाइडर बनाएको छ भने यो डिभाइडरमा ६१ पोल राखिएका छन् । हरेक पोलमा २ वटा गरी १ सय २२ स्मार्ट बत्ती यी पोलमा राखिएको छ ।
यी बत्तिको नियन्त्रण र सञ्चालन अहिले प्राधिकरणले नै गरिरहेको छ । महानगरको जनशक्तिलाई तालिम दिएर यी बत्तिको सञ्चालन पनि महानगरलाई हस्तान्तरण गर्ने प्राधिकरणको तयारी छ । गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको तथ्यांक अनुसार गण्डकी प्रदेशका ५ लाख ७४ हजार ७ सय ९८ अर्थात् ९९.५० प्रशितमा विद्युत्त पुगेको छ भने, २ हजार ८ सय ८४ घरधुरीमा अहिले पनि विजुली पुगेको छैन् । करिव २९ सय घरका परिवार अहिले पनि अध्याँरोमै बस्न बाध्य रहेको मन्त्रालयको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *