पोखरालाई टेक सिटीकोरुपमा अगाडि बढाउँछु

Share this post :

Facebook
Twitter
WhatsApp

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ र प्रतिपक्ष दल गठबन्धनबाट साझा उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पुराना दलले पुरानै अनुहार चुनावी मैदानमा उतारिरहदा नयाँ पुस्ता पनि चुनावी मैदानमा उत्रिएका छन् ।
साना भनिएका दल या स्वतन्त्र दलले विभिन्न ठाउँमा नयाँ उम्मेदवार खडा गरिरहदाँ कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ३२ वर्षिय युवालाई उम्मेदवार बनाएको छ । पोखरा महानगरपालिका–८ सृजनाचोक घर भई स्वास्थ्य सेवामा कार्यरत सुर्वणराज पन्त उम्मेदवार बनेका हुन् । नयाँ भिजन लिएर युवा लक्षित एजेण्डा र महत्वकांक्षी बाचा नभएकाले पनि उनी यसपटकको निर्वाचनको नतिजा आफ्नै कोल्टामा पार्ने दाउमा छन् । उनीसँग प्रतिपत्र डटकम अनलाइनका प्रतिनिधीले गरेको अन्र्तवार्ताको केही अंश प्रस्तुत छ ।
नमस्कार तपाईलाई प्रत्रिपत्र डटकम अनलाइनमा स्वागत छ
-हजुर नमस्कार । धन्यवाद ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिनु भएको ? कत्तिको बलियो हुनुहुन्छ ?
-मेरो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीमा त्यति बलियो होइन । तुलनारुपमा पार्टी केही कमजोर छ । कास्की क्षेत्र नम्बर २ वाट उम्मेदवार बनेको छु । मैले युवा भएका कारण र मेरो भिजनका कारण पनि मत पाउँछु भन्ने विश्वस्त छु ।
तपाई युवा हुनुहुन्छ ? एजेण्डा के छन् ?
-मेरा त्यति ठूला एजेण्डा छैनन् । जनतालाई सपना देखाउने गरि महत्वकांक्षी एजेण्डा पनि ल्याउँदिन् । जनतालाई जसरी सेवा गर्न सकिन्छ त्यस्तै महत्वपूर्ण तर साना–साना एजेण्डा लिएर चुनावमा होमिएको छु । विशेषतः मेरो प्रमुख एजेण्डा भनेकै पोखरालाई टेक सिटीकोरुपमा विकास गर्नु हो । यो अहिलेसम्म कुनै दलले पनि एजेण्डा बनाउनुभएको छैन् । यो मेरो विरलै नयाँ एजेण्डा हो । म आफै पनि स्वास्थ्यकर्मी भएका नाताले वर्षमा १ पटक सुगर, किड्नी र लिभरको निःशुल्क परीक्षण गराउने व्यवस्था गराउनेछु । हामीले सधै स्वास्थ्य कार्यालय, अस्पताल स्थापना गर्ने भनियो तर, त्यसमा गुणस्तर, नियमित सेवा पाएको छ या छैन ? डाक्टर छ या छैन कहिल्यै बुझेनौ मेरो ध्यान डाक्टर व्यवस्थापन र अस्पतालबाट नियमित दिनुपर्ने सेवा केन्द्रित हुनेछ । सुपथ औषधी पसल स्थापना गर्नु र प्रिभेन्सन गर्नु नै मेरो प्रमुख एजेण्डा हुन् । स्वास्थ्य क्षेत्रसँगै पर्यटन व्यवसायमा पनि मेरो लगानी भएकाले पोखराको पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनेछु ।
अहिले पार्टीको कुन जिम्मेवारीमा हुनुहुन्छ ?
-अहिले म पार्टीको कास्की जिल्लाको सहसचिव हो । यो मेरो दोस्रो कार्यकाल हो । युवा संगठनको सदस्य लगायत विभिन्न पदमा रहे । १२ वर्षदेखी पार्टीमा निरन्तर लागेको छु ।
तपाईका पार्टीका पनि एजेण्डा होलान नी ?
-हो, पार्टीका पनि एजेण्डा नभएका होइनन् । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारलगायतमा पार्टीले एजेण्डा बनाएको छ । तिनै एजेण्डामा मैले उत्पादनशिल र रोजगारीमूलक शिक्षा, अनिवार्य गराउने, स्वास्थ्य सेवा एप बनाएर वितरण गर्ने, भ्याक्सिनेसनमा जोड दिने, ज्यष्ठ नागरिकको ज्ञान, शीप र क्षमतालाई प्रयोग गर्नु नै मेरा लक्ष्य छन् ।
अन्तिममा केही थप्न चाहानुहुन्छ ?
-यदी म सांसद भए भने सांसद सचिवालय पोखरामा नै खोलेर जनताको सेवा दिनेछु । मेरा मतदाता मलाई खोज्दै मेरो घर, मेरो पार्टी र काठमाडौं धाउन नपरोस । युवा केन्द्रित काम गर्नेछौ । एजेण्डा दोहोयाउने छैना्र । धर्मान्तरका कुरा पनि छन् । हिन्दु धर्मलाई कसरी बुझाउन सकिन्छ यसमा पनि ध्यान जानेछ । सांसद भएपछि मन्त्री हुने होइन कानुन, नीति निर्माणमा नै व्यस्त रहनुपर्छ । मन्त्री कुनै विज्ञ टीमबाट आउने व्यवस्था हुनुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारीमा नै मेरो प्राथमिकता रहनेछ ।
व्यस्तताका वावजुद पनि समय उपलब्ध गराइदिनुभएकोमा धन्यवाद । शुभकामना पनि ।
-उम्मेदवार भएपछि कतिबेला खाने, कतिबेला सुत्ने समयको कुनै ठेगान नहुदो रहेछ । मैले निर्वाचन जितिसकेपछि भ्रष्टाचारविरोधी कानुन निर्माणमा जोड दिने र अन्तियारलाई मजबुद बनाउन पहल गर्नेछु । राजनीति नियुक्तिलाई पनि मैले बन्द गराउन पहल गर्नेछु । यी विषयमा निरन्तर आवाज उठिरहनेछन् । समयको लागि यहाँलाई पनि विशेष धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *