पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा अन्तराष्ट्रिय विमानस्थल आज (आइतबार)देखि सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दीप बालेर विमानस्थलको उद्घाटन गरेका छन् ।

पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।

समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ । उद्घाटनको दिनमा अन्तर्राष्ट्रिय उडान भने भएन । अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने बताइएको छ ।

अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार सार्वजनिक बिदा दिएको छ ।

त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । समारोह कार्यक्रममा प्रधानमन्त्री दाहालले अनावरणसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *