नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबहादुर चन्द (विप्लव सी) ले माओवादी फुट्न मात्र नजानेको बताउँदै जुट्न पनि जानेको बताएका छन् । समाजवादी मोर्चा गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै विप्लवले संघिय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउन प्रतिगमनहरु चल्वलाएको बताउँदै व्यवस्था बलियो बनाउनको लागि माओवादी एकै ठाउँमा उभिएको बताएका हुन् ।
जनयुद्ध र जनताको अधिकारमाथि आक्रमण हुन थालेपछि माओेवादी एक ठाउँमा उभिनुको विकल्प नरहेको उनको भनाई थियो । व्यवस्था परिवर्तनका लागि माओवादीको योग्दान स्मरण गर्दै विप्लवले जनताको अधिकार सुरक्षितका लागि माओेवादी जुटिसकेको बताए ।
परिवर्तन र गणतन्त्र रक्षाका लागि यो समाजवादी मोर्चाको गठन अहिलेको आवश्यकता रहेको बताए । उनले लोकतन्त्र बलियो बनाउन पनि चार दलले मोर्चा गठन गरेको बताएका हुन् । समाजवादी मोर्चा गठन गर्नुको लक्ष्य र आवश्यकताबारे उनले बोलेका थिए । सीले समाजवादी आन्दोलन प्रतिगामीविरूद्वको आन्दोलनमा लड्नको लागि समाजवादी मोर्चा गठन भएको बताए । ‘क्रान्तिकारीलाई पश्चगामी तत्वले आक्रमण गर्न खोजेपछि फुटहरू एकता हुन्छन्’ उनले भने, ‘कम्युनिस्ट अस्थायी फुटलाई कसैले नकरात्मक रूपमा लिन्छ भने समाजवादी मोर्चाबाट कम्युनिस्ट एक ठाउँमा उभिनेछन् ।’ मोर्चाको स्पष्ट लक्ष्य, उदेश्य भनेको नेपालमा दलालवादी पुँजीवादको अन्त्य गर्दै विशेषताको समाजवाद स्थापना नै मुख्य उदेश्य रहेको उनले बताए । जनयुद्ध लडेर आएका नेता, कार्यकर्ताप्रति घेरावादी र हमला गर्न थालिएको बताउदै उनले समाजवादी मोर्चामा पनि यस्तै हमला सुरू गरिएको बताएका छन् । विप्लवले सरकारका कामको प्रशंसा गर्दै समाजवादी मोर्चाले सरकारलाई साथ दिईने उनले बताए ।
