आज बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुनः काठमाडौंमै फर्काइएको छ ।
जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।
सो जहाज बिहान साढे ८ बजे पोखरा उड्ने तालिका थियो । तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सूचना दियो ।
त्यसपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए । ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरेको बताइएको छ । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको र सो जहाजमा सवार यात्रुहरुलाई अर्को जहाजमार्फत पोखरा पठाइएको छ ।
Post Views: 18