पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड

Share this post :

Facebook
Twitter
WhatsApp

पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिदै पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार १५ औं नगरसभामा आगामी वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् ।

चालु आर्थिक वर्षमा  ७ अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षको बजेट चालु वर्षको भन्दा ३६ करोड १७ लाख ६७ हजारले बढेको छ ।

बजेटमा संघीय सरकारको अनुदानबाट ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार, संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार रूपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८३लाख ६१ हजार, रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार स्रोत व्यवस्था हुने उल्लेख छ ।
नगर विकास कोषबाट ऋण स्वरूप ४ करोड ४८ लाख ८० हजार रूपैयाँ लिइने बजेटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *