पोखरा महानगरभित्र संचालित स्कुल बसको अनुगमन तथा चेकजाँच

Share this post :

Facebook
Twitter
WhatsApp

चालकको लापारबाहीका कारण केही दिनअघि पोखरामा भएको स्कुल वस दुर्घटनामा विद्यार्थी तथा अभिभावकले ज्यान गुमाउनुपरेको थियो । बस दुर्घटना हुनुको एउटै कारण घुम्तीमा ओभर स्पीड रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पछिल्लोसमय स्कुल बस दुर्घटनाको संख्या बढ्दै गएपछि कास्की प्रहरीले स्कुल बसको अनुगमन र चेकजाँचलाई पनि तीव्रता दिएको छ ।
ट्राफिक नियमभन्दा बाहिर संचालन भएका स्कुल बसलाई कारबाहीको दायरामा ल्याउदै छाडिएको थियो । स्कुल बसबाट हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले बुधबार पोखरा महानगरभित्र संचालित ५५ वटा स्कुल बस चेकजाँच गरेको छ । तीमध्ये तीन वटा बसले सिट क्षमता भन्दा बढी विद्यार्थी राखेको भेटिएको छ । तीनलाई जरिवानासहित कारबाहीको दायरामा ल्याइएको प्रहरीले बताएको छ । सडक सुरक्षा सम्बन्धमा जानकारी दिदै स्पिड लिमिट सम्बन्धि ५५ वटा बसमा स्टिकर टाँसेर छाडिएको जिल्ला प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए । उनका अनुसार गति लिमिट र सिट क्षमताबारे चेकजाँच गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *