पोखरा महोत्सवको तयारी २४७ वटा स्टल रहने

Share this post :

Facebook
Twitter
WhatsApp

युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिँहचौरमा आगामी पुस २७ देखि माघ ९ गतेसम्म सञ्चालन हुने ११औं पोखरा महोत्सवको तयारी तीव्र रहेको छ । महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी काम अघि बढाइएको क्लवले जनाएको छ ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले देशको कला, संस्कृति, भेषभूषाको संरक्षणमा टेवा पुर्याउनु र शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर लैजानु महोत्सवको प्रमुख उद्धेश्य रहेको बताएका छन ।
उनका अनुसार पोखरा क्षेत्रको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा वाध्य उत्पादित वस्तुको बजार सहजीकरण गराउनु र कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउँदै आर्थिक चलायमन गराई रोजगार सृजना गर्ने लक्ष्य महोत्सवबाट राखिएको र महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायिक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवर्द्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी र नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती महोत्सवका आकर्षण रहेका छन् ।
राष्ट्रियस्तरका कलाकारद्धारा दोहोरी गीत प्रस्तुति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य(व्यंग्य प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुति, चमेना गृहको ब्यवस्था, बाल उद्यान र प्रदेशस्तरीय लोकदोहोरी गीत प्रतियोगिता आकर्षणका रुपमा रहेको क्लबका महासचिव एवं प्रचार प्रसार संयोजक शान्तबहादुर थापाले बताए ।
महोत्सवको आम्दानीबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाका लागि १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोषको स्थापना गरिने
आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी स्वास्थ शिविर राखी जनसमुदायलाई प्रत्यक्ष स्वास्थ्य लाभ दिने कार्यक्रमहरु सञ्चालन गरिने महोत्सवमा २४७ वटा स्टल रहने भएकामा सम्पूर्ण बुकिङ भैसकेकोे जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *