पोखरा म्याराथन अन्तर्गत १०, ५ किमि र अपाङ्ग तर्फको दौड चैत्र १२ मा हुने

Share this post :

Facebook
Twitter
WhatsApp

१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १०, ५ र अपाङ्गतर्फका सम्पूर्ण दौड २०७८ चैत्र १२ गते हुने भएका छन् । पोखरा म्याराथनको आयोजक नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको सम्पन्न बैठकले कोभिड १९ लाई मध्यनजर गर्दै प्रतियोगितालाई दुई भागमा गरी सम्पन्न गर्ने निर्णय गरेको हो ।
मञ्चले फागनु ७ गते शनिवार खुला म्याराथन ४२.१९५ किमि र महिलातर्फको २१ किमिलाई यथावत सञ्चालन हुने र अन्य इभेन्टहरुलाई चैत्र १२ गते गर्ने गरी निर्णय गरेको जनाएको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बैठकको निर्णय बारे जानकारी दिंदै फागुन ७ गते खुला म्याराथन र महिलातर्फको हाफ म्याराथन भने यथावत रुपमा सञ्चालन हुने बताएका छन् । उनले भने ‘अहिले हामीले धेरै भिड नहोस भन्ने सतर्कता अपनाउँदै प्रतियोगितालाई दुई भागमा विभाजित गरेका छौं ।’
‘स्वास्थ्यको लागि पोखराका लागि’ भन्ने उद्धेश्यका साथ आयोजना हुदैं आएको पोखरा म्याराथन देशकै जेठो म्याराथन रहेको बताउँदै अध्यक्ष पराजुलीले म्याराथन सफल बनाउन विषयगत समितीहरुले आफ्ना समिती अन्तर्गतका कार्यहरुलाई तिव्रता दिएको उल्लेख गरे । उनले पोखरा म्याराथनलाई सफल बनाउन विभिन्न टोल विकास संस्था, आमा समुह र अन्य संघ संस्थाहरुलाई सदा झैं सहयोगका लागि आग्रह समेत गरे । ‘यो समग्र पोखरेलीहरुको म्याराथन हो । हामी यसलाई विशेष पर्वको रुपमा १६ वर्ष देखि निरन्तरता दिएका छौं । हामी सम्पूर्ण पोखरेलीहरुलाई सदाझैं सहयोगका लागि आग्रह गर्दछा’ उनले भने ।
पोखरा म्याराथन अन्तर्गत खुला म्याराथनतर्फको पुरस्कार राशी ४ लाख नगद भएसंगै केन्या लगायत अन्य अफ्रिकी मुलुकबाट धावकहरु पोखरा आउने तयारी गरिरहेको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले बताएका छन् । ‘पोखरा म्याराथनले अव विश्वव्यापी रुपमा चर्चा पाउन थालेको छ विदेशबाट समेत धावकहरु पोखरा म्याराथनका लागि आउनु गौरवको विषय हो’ उनले भने । यससंगै नेपाली धावकहरुले समेत म्याराथनका लागि दर्ता प्रक्रिया अनलाइन मार्फत गरिरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *