पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा यही पुष १३ देखि १६ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता अन्र्तगत १२ वटा इभेण्टमा प्रतिष्प्रर्धा हुने भएको संघ कास्कीका अध्यक्ष शुसिलकुमार श्रेष्ठले बताए । प्रतियोगिताको खुल्ला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार उक्त इभेण्टमा दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । प्रतियोगिता अन्र्तगत महिला एकल तथा डवल, मिक्स डवल, ३५ बर्ष माथिको डवल पुरुष उमेर समुह, ४५ बर्ष माथि डवल पुरुष, ५५ बर्ष माथि डवल पुरुष तर्फको बिधामा विजेता टोलीहरुले जनही ३० हजार, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले बताए ।
जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्धेश्यले १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु—१२) र १७ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु—१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्प्रर्धा हुने भएको छ । उक्त इभेण्टमा विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले भने ५ हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले जनाए । प्रतियोगितामा एक बर्ष अघि वल्र्ड र्याङकीङमा नम्बर वान खेलाडी प्रिन्स दाहाल, नेपालको नम्बर वान खेलाडी नङसाल तामाङ लगायतका खेलाडीहरु सहभागि हुने भएको सचिव फडिन्द्र प्रसाद तिमिल्सिनाले बताए । उक्त प्रतियोगितालाई सफल पार्न विभिन्न उपसमिति गठन गरिएको अर्थ व्यबस्थापन उपसमिति संयोजक मिन गुरुङले बताए । चार दिन चल्ने प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च लाग्ने बताएका उनले प्रतियोगिताबाट ३० लाख आम्दानी गर्ने लक्ष्य राखेको जनाए । प्रतियोगितामा काठमाण्डौं, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट ३ सय बढी खेलाडी सहभागि हुने भएको कोषाध्यक्ष हुमबहादुर गुरुङले बताए ।
