पोखरा विमानस्थलको उद्घाटन भोली, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

नागरिक उड्ययन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष १ जनवरीका दिन (पुस १७) पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन हुने भएको छ । प्राधिकरणले निर्माण कार्य सम्पन्न गरि सन्चालनको तयारी गरेको छ । विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दै छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी र्याली आयोजना हुँदै छ । प्राधिकरणले विमानस्थलको उद्घाटन भए पनि तत्काल अन्र्तराष्ट्रिय उडान भने नहुने जनाएको छ । अन्तराष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौंबाट एयरबस ३२० पोखरामा अवतरण गर्ने कार्यक्रम छ । तर पोखराबाट अन्तराष्ट्रिय उडानको टुंगो लागेको छैन । पोखरा महानगरका मेयर धनराज अचार्यले सार्वजानिक विदा नै दिएर उ्दघाटन समारोह मनाउने बताए । ५० वर्ष पुरानो पोखराको सपना पुरा हुने बताउदै उनले विमानस्थल चल्न थालेपछि पोखराको विकासको ढोका खुल्ने बताए ।
२०३२ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले नै अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेर जग्गा अधिग्रहण सुरु गरेका थिए । तत्कालीन समयमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ६ सय २९ रोपनी अधिग्रहण भयो । पटक पटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्व लगानीमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण दिएको छ । एक्जिम बैंकले दिएको रकममध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्ने छ । २ हजार ५ सय मिटर रनवे भएको पोखरा विमानस्थलमा एयरवस ३२० उडान र अवतरण हुन सक्छ । यहाँबाट नजिकका गन्तब्यमा उडान भर्ने योजना प्राधिकरणको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *