पौडी खेल्ने क्रममा पोखरामा भारतीय नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ पावरहाउसस्थित पावरहाउस रिसोर्टमा २३ वर्षिइ देवान सिंहको मृत्यु भएको कास्की प्रहरीले जानकारी दियो ।
भारतको उत्तर प्रदेश लखनउ घर भएका सिंह मंगलबार पोखरा भ्रमण गर्न नेपाल आएका थिए । पौडी खेल्ने क्रममा अचानक डुबेका उनलाई साथीले देखेपछि उपचारको लागी गण्डकी मेडीकल कलेज लगिएको थियो । चिकित्सकले उपचारको क्रममा मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक सिंहको शव उनको बुवा रुकमेन्द्र प्रताब सिंहलाई बुझाइएपछि भारत लगेको जिल्ल प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
Post Views: 34