प्याकेज क्यान्सिल गर्दै फर्किए पर्यटक

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल घुम्ने र टे«किङ गर्ने योजनासहित तीन, चार महिना अघिबाटै कार्यक्रमको प्याकेज लिएर आएका विदेशी पर्यटक अहिले धमाधम आफ्नै देश फर्किएका छन् । भ्रमण प्योकज क्यान्सिल गर्दै फर्किन बाध्य भएका हुन् । मौसम प्रतिकुलका कारण उनीहरु फर्किन बाध्य भएका हुन् । फाट्फुट पर्यटकलाई भने ट्रेकिङ कम्पनीले रुट नै परिवर्तन गरेर अन्यत्रै लगेका छन् ।
असोज, कार्तिकको समय घुमफिर गर्ने मौसम भए पनि पर्यटक उच्च हिमाली क्षेत्रमा भने घुम्न जान पाएका छैनन् । ेनेपालीको महान् पर्वहरु दशै र तिहारको अवसर पारी घुम्न आउने पर्यटकको यतिबेला घुइँचो छ । आन्तरिक मात्रै नभई विदेशी पर्यटक पनि उत्तिकै मात्रामा छन् । नेपाल घुम्न आउने पर्यटक सिधै पोखरा आउने गर्छन् । पोखराबाट टे«किङ जाने गरि आएका विदेशी ट्रेकिङ रुट नै जोखिम भएकाले अहिले अलपत्र परेका हुन्। मौसम प्रतिकुलका कारण नेपाल आएर हिमाली क्षेत्र घुमफिर नगरि फर्किनेको संख्या दिनहुँ रहेको पर्यटन व्यवसायी बताउँछन् । विशेषतः उच्च हिमाली क्षेत्रमा टे«किङ जान नपाएका हुन् । ‘जोखिम पनि उस्तै छ’ पर्यटन व्यवसायी लक्की क्षेत्री भन्छिन, ‘दिनदिनै आउँने समाचारले विदेशी पर्यटक त्रसित भए ।’ उनले केही पर्यटकलाई रुट फेरेर अन्यत्रै पठाइएको बताइन् ।
उनले यसरी रुट नै फेरेर अन्यत्रै पठाउँदा व्यापारीले आफ्नो पाmइदाको लागि पठाए जस्तो हुने बताइन् । असोज १८ देखी निरन्तर परेको अविरल वर्षाका कारण बाढी, पहिरो, हिउँ पहिरो जस्ता समस्याले ट्रेकिङ रुट अस्तव्यस्त हुदाँ पर्यटक पनि अलपत्र परेको भनाई उनको छ । उनका अनुसार कति पर्यटक त अझै पनि बीचबाटोमै अलपत्र छन् । वर्षाका कारण गण्डकी प्रदेशमा सवारी या पैदल दुवै यात्रा कठिनाई बनेको छ । ट्रेकिङ जानेहरुका लागि पनि बाटो अवरोध हुदाँ पर्यटकहरु फिर्ता हुन बाध्य भएका हुन् । टान गण्डकी प्रदेशका अध्यक्ष सुशील पौडेलले मनास्लु, अन्नपूर्ण थोराङ पास, धौलागिरी, तिलिचो, नार्फु, ढोरवाटबाट डोल्पा लगायतका क्षेत्र बढी जोखिम रहेकाले अझै ट्रेकिङ गर्ने अवस्था नरहेको बताए । वैकल्पिक मार्ग खोजे पनि सुरक्षित ठाउँमा मात्र पर्यटक पठाएको उनले बताए । उनका अनुसार उच्च हिमाली क्षेत्रमा यात्रा असुरक्षित छ ।
पोखराको थ्रि सिस्टरर्स एडभञ्चर टे«किङ कम्पनीमा सम्पर्क गरि नेपाल घुम्न आएका २० जना विदेशी पर्यटक अहिले पोखरामा नै अलपत्र छन् । ती मध्ये ७ जना रुट परिवर्तन गरि अन्यत्रै ट्रेकिङको लागि निस्किएका छन् भने बाँकी १३ जना आफ्नै देश फर्किने तरखरमा छन् । यस्तै, पोखराका विभिन्न व्यवसायी कम्पनीसँग सम्पर्क गरि पोखरा घुम्न आउने अधिकाशं विदेशी पर्यटक अलपत्र परेका हुन् । उनीहरु पुनः घुम्न आउने बाचासहित अहिलेलाई आफ्नै देश फर्किने तरखरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *