प्रगति खोज्दै भाैतिकमन्त्रि

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले भाैतिक पूर्वाधारकाे क्षेत्रमा प्रगति खाेजेका छन् ।

स्याङ्जा पुगेका मन्त्री जुग्जालीले पूर्वाधार विकास कार्यालयमा मन्त्रायलको कामको प्रगति खोजे । उनी मन्त्रायलबाट बिनियोजन भएको बजेटको प्रगति कस्तो छ र योजना कसरी अगाडि बढेका छन् भनी अनुगमन गर्न उनी फिल्डमा पुगेका हुन् ।

मन्त्री जुग्जालीले दुई जिल्ला जोड्ने नागडाडाँ कार्कीनेटा पर्वत (२०किमी), पालिका केन्द्र जोड्ने राङखोला धोबादी बिरुवा (१० किमी) र हेलुचौपारी घण्टे पर्वत जोड्ने (६.२ किमी) बहुबर्षिय रणनीतिक सडककाे अनुगमन गरेका थिए । मन्त्रालयका सचिव शंकरराज पण्डित, प्राविधिक, जनप्रतिनिधीसहितको टोलीसमेत याेजना हेर्न पुगेकाे हाे ।

योजनाको निरिक्षणसँगै मन्त्री जुग्जालीले पुर्वाधार विकास कार्यालय स्याङ्जाका कर्मचारीलाई कामको स्तरमा ध्यान दिन निर्देशन दिए । कुनै पनि ठाउँबाट काममा गुणस्तर काम भएको गुनासो आउन नहुने बताउदै मन्त्री जुग्लालीले सानो कमजोरीले योजनामा ठुलो प्रभा पर्ने बताए ।

साना योजनालाई चाँडो काममा अगाडी बढाउनुपर्ने बताउदै मन्त्री जुग्जालीले कम्तीमा ७० प्रतिशत प्रगति हुनुपर्ने बताए । काम सम्पन्न भएपछि रकमको अभाव नहुने गरी प्रदेश सरकार अगाडी बढेको जुग्जालीकाे भनाई थियाे । उनले बहुबर्षिय योजनालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।
छिटो र राम्रो काम हुनुपर्ने बताउदै जुग्जालीले काम नगर्नेलाई ठेक्का तोडेर भए पनि समयमै काम सकाउन निर्देशन दिए ।

यस्तै सचिब पण्डितले पुर्वाधार कार्यालयमा कर्मचारीको अभाव रहेकाे बताउदै अध्यादेश ल्याएर समस्या सामाधान गर्ने तयारी भएको बताए । करारका कर्मचारीलाई ज्यालादारीमा ल्याएर काम गराउने मन्त्रायलयको कुनै चाँसो नभएको उनले बताए । पुर्वाधार बिकास कार्यालयका निमित्त प्रमुख सुमन गिरीले पछिल्लो चार महिनामा १० प्रतिशतको प्रगति भएको जानकारी दिए ।
स्याङ्जामा ३६ योजना ठेक्का प्रक्रियामा छन् । जिल्लामा ५ मोटरेबल फुल, चार झोलुङगे पुल, १० वटा पुरानासहित १६ वटा बहुबषिय योजनासहित १९९ योजना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *