प्रचण्डले भने– गण्डकीमा मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय भएको छैन

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गण्डकी प्रदेशमा मुख्यमनत्री कांग्रेसलाई दिने विषयमा निर्णय नभएको बताएका छन् । उनले कांग्रेसले आफै प्रचार गरेको भए पनि आधिरकारीरुपमा निर्णय नभएको हरिबहादुर चुमानसमक्ष बताएका छन् ।
गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि काँग्रेस–माओवादी सरकार बनाउने दाउमा छन् । कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने सहमति नभएपछि सरकार गठनमा ढिलाई भएको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीले विश्वासको मत गुमाएर पदमुक्त भएको ४ दिनपछि मात्र नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । यद्यपि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने बुधबारसम्म निश्चित भएको छैन । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम नै सरकार गठन गर्न आह्वान गरेपछि माओवादी कांग्रेस नेतृत्व आफ्नो सरकार बनाउन कसरत गरिरहेको छन् ।
गण्डकीमा दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि पहिलोपटक कसले नेतृत्व लिने भन्ने प्रतिस्पर्धा चलेको हो । पहिलोपटक कांग्रेसले नेतृत्व लिने सहमति भएको भन्दै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पार्टी अध्यक्ष प्रचण्ड भेट्न मंगलबार काठमाडौ पुगेका हुन् । सोही क्रममा प्रचण्डले चुमानसंग बुधबार दिउँसो गठबन्धनको संयुक्त बैठक बसेर मात्र टुंगो लगाउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *