प्रतिनिधिसभाको बैठक स्थगित

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । संसद भवन नयाँ वानेश्वरमा सूचना टाँसेर बैठक स्थगित भएकाे सूचना दिईएकाे हाे ।

पछिल्लोसमय कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सहकारीको रकम अपचन गर्नेका विरुद्ध निष्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

साेही विषयलाई लिएर काँग्रेसले संसद अवराेध गरेकाे हाे ।मंगलबार बसेको बैठक कांग्रेसले अवरुद्ध गरेपछि १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए । अवरोध खुलाउन दलहरूबीच सहमति नभएपछि सूचना टाँसेर सदन स्थगित गरिएको हो ।

संसद १५ मिनेट स्थगित गरेर सभामुखले आफ्नै कार्यकक्षमा दलका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा साेमबार संसद खुलाउने सहमति हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *