प्रदेशसभाको वैठक बस्दै, दुई विधेयक टेबल हुने

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजबाट सुरु हुदै छ । पोखरा–३ नदीपुरस्थित प्रदेशसभाको भवनमा दिउँसो ३ बजे वैठक सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैठकको आह्रवान गरेअनुसार आजबाट अधिवेशन सुरु भएको हो ।

वैठक सुरु हुनुअघि विहान ११ बजे सर्वदलिय वैठक बस्दै छ । वैठकमा नै कानुन तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश निजामति सेवा अध्यादेश २०७९ र स्थानीय सेवा (गठन तथा संचालन) अध्यादेश २०७९ टेबल गर्ने कार्यक्रम तय भएको संसद सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *