प्रदेशसभा वैठक दिउसो १ बजे बस्दै  

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभाको वैठक आज दिउसो १ बजे बस्दै छ । बुधबार बसेको कार्य व्यवस्था परामर्शको वैठकले दिउसो १ बजेको लागि वैठक तय गरेको थियो । आजको वैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाच वटै दलका नेताले सम्बोधन गर्नेछन् । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखबाट प्राप्त पत्रको बारेमा सवै सांसदलाई पढेर जानकारी गराउनेछन् भने मन्त्रीमण्डल हेरफेर भएको विषयमा पनि जानकारी गराइने प्रदेश सभा सचिवालयका सुचना अधिकारी जितेन्द्र केसीले जानकारी दिए ।
आजदेखी सुरु हुने हिउदे अधिवेशन भोली पनि दिउसो १ बजे संचालन हुनेछ । त्यसपछि चैत १ सम्म वैठक स्थगित हुने संसद सचिवालयले जनाएको छ । सरकारले विजनेश दिन नसक्दा लामोसमयदेखी हिउदे अधिवेशन बस्न सकेको थिएन । प्रदेशसभाको वैठक नदीपुरस्थित आफ्नै भवनमा बस्ने भएको छ । यसभन्दा अघि कोरोना महामारीका कारण ठाउ साघुरो भएपछि सभागृहमा वैठक संचालन गरिएको थियो । अधिवेशन सम्पन्न भएको ६ महिनाभित्र अर्को अधिवेशन संचालन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट अधिवेशन गत असोज ५ मा अन्त्य भएको थियो । यस अधिवेशनले चारवटा विधेयक पारित गर्नेछ । कतिपय पुराना ऐन संसोधन गर्ने तयारीमा सरकार छ ।
खानेपानी, सिंचाई र सुचनाको हक सम्बन्धी विधेयक सरकारले टेबुल गर्ने तयारी गरेको छ । यस्तै, गत कार्तिक ११ मा प्रदेशसभा सचिवालयमा दर्ता भएको तर, प्रदेशसभा वैठकमा पेश नभएको गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयकलाई पनि यही अधिवेशनमा टेबुल गर्ने तयारी भएको छ भने, विधायन समितिमा विचाराधिन रहेका आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आमसञ्चार र बालबालिका सम्बन्धी विधेयकलाई पारित गर्ने तयारी सरकारको छ । विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले बालबालिका सम्बन्धी विधेयक दफावार छलफल गरी भोलीको संसद वैठकमा प्रतिवेदनसहित पेश गर्ने तयारी भएको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *