गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता आगामी फागुन ५ देखि सुरु हुने भएको छ । खेल पोखरा रगंशालामा हुनेछ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी संघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको ब्यबस्थापन उक्त प्रतियोगिता हुने भएको सह–आयोजक कास्की जिल्ला आर्चरी सघले जनाएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बागलुड, र कास्की बाट करिब ९५ जना खेलाडीको सहभागिता हुने अपेक्षा गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । प्रतियोगिता अन्र्तगत रिकर्ब ओपन पुरुष र महिला र स्टाण्डर्ट पुरुषतर्फको ब्यक्तिगत खुल्ला प्रतिस्प्रर्धा हुने छ ।
रिकर्ब ओपन ७० मी र स्टाण्डर्ट ३० मी को दुरीमा खेलाइने तयारी गरिएको छ । प्रतियोगितामा रिकर्ब ओपन पुरुष तर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुनेलाई १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यबस्था गरिएको छ । रिकर्ब ओपन महिला तर्फ विजेतालाई भने १५ हजार, उपविजेतालाई १० हजार र तेश्रो हुनेलाई ५ हजार प्रदा गरिने भएको छ । स्टाण्डर्ट पुरुष तर्फ विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई १० हजार प्रदान गरिने भएको छ । उक्त अवसरमा ६० बर्ष भन्दा उमेर समुहका खेलाडीहरु (भेट्रान्स) को प्रतिस्प्रर्दा हुने भएको छ । भेट्रान्स पुरुष तर्फ प्रथम हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने संघले जनाएको छ ।
प्रदेश खेलकुद परिषदको बार्षिक कार्यक्रम अन्र्तगत आयोजना हुने उक्त प्रतियोगितामा मुख्य आर्थिक सहयोगीको रुपमा नेपाल ईन्भेष्टमेन्ट मेघा बैकं र पोखरा महानगरपालिका रहेको संघले जनाएको छ । बिगत १० बर्ष देखी आर्चरी प्रतियोगितालाई उक्त बैंकले निरन्तर आर्थिक सहयोग गर्दै आएको छ भने यस बर्ष देखी पोखरा महानगरपालिकाले समेत सहयोग गर्ने भएको हो ।
