प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन्।
विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोकेका हुन्।
सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको थिएन ।
मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए। उक्त छलफलमा राणाले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताएका थिए। कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने राणाले अडान गरेपछी न्यायाधीशहरूले थप छलफल गरेका थिए।
यसबारे आज पनि छलफल हुदै छ । न्यायाधीशहरू छलफलमा व्यस्त हुने भएकाले आज प्रधानन्यायाधीश राणाले तोकेका इजलास बस्ने सम्भावना निकै कम छ।
यसअघि मंगलबार नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आह्वान गरेको थियो। राणाले राजीनामा नदिए देशभरि आन्दोलन गर्ने बारले चेतावनी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *