नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले चाहेको भए पाँच बर्ष नै प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेको बताएका छन् । उनले बि. स. २०७४ सालमा आफुलाई पाँच बर्ष प्रधानमन्त्री बन्न अफर आउँदासमेत आफुले लोकतन्त्र र सविधानको रक्षालाई पहिलो प्राथमिकता दिएको बताएका छन् ।
उनले लोकतन्त्र र राष्ट्रको रक्षाको लागि आफु लागिरहेको बताए । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिद्वारा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आज बोल्दै प्रचण्डले आफुले चाहेको भए पाँच बर्ष प्रधानमन्त्री बन्न सक्ने भन्दै केहि बर्षदेखि आफु त्यसको रेसमा नभएको प्रष्ट पारेका छन् । प्रचण्डले भने, ‘लोकतन्त्र,सबिधान र अहिलेको व्यवस्था नै धरापमा पर्ने होकी भने चिन्ता भैरहेको अवस्थामा हिजो जसरी युद्द्लाई शान्तिमा, शान्तिलाई सबिधानमा, सबिधानलाइै संघीय लोकतान्त्रिक संविधानमा र राजनीतिक स्थायीत्वलाइ आर्थिक क्रान्तिमा रुपान्तरण गर्ने जमर्को हामि सबै मिलेर नै गरेको हो ।’
जनयुद्दमा प्रेसले शान्तिमा ल्याउन ठुलो भूमिका खेलेको बताउँदै उनले अहिले पनि प्रतिक्रान्तिले टाउको उठाउने खतरा उस्तै रहेको बताए । अहिले पनि केहि तत्वहरु यो सबिधानलाइ कसरी समाप्त पार्ने होला भनेर लागिरहेको उनको भनाई थियो । अहिले सामाजिक संजालले लोकतन्त्रको पक्षमा गणतन्त्रको पक्षमा लड़नेहरुलाई बदनाम गराउन निक्कै महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रचण्डले जनमत निर्माण गर्ने कुरा मुख्य भएको बताए ।
उनले प्रतिगमनकारीहरुले पनि झुटको खेति गरेर जनमत निर्माण गर्ने गरेको भन्दै जनतालाई भ्रमित पार्ने गरेकाले त्यसबाट सजग हुनुपर्ने बताए । ‘परिवर्तनकारी लोकतन्त्रबादीहरुले पनि प्रचार गर्ने गर्दछन तर, त्यो परिवर्तन र लोकतन्त्रको रक्षा गर्न गर्ने गर्दछन ्’ उनले भने, ‘यो निरन्तर चलिरहन्छ र यसको अन्त्य असम्भव जस्तै छ ।’
प्रचण्डले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदल्न आवश्यक रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि आफु जस्तो सुकै खतरा मोल्न तयार रहेको भन्दै प्रचण्डले देश पुन मुठभेड र अराजकतातिर जानबाट रोक्नुपर्ने बताए । चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन समेत गरेका थिए ।
