प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन ग
रेका छन् । इटाली भ्रमणमा र
हेका प्रचण्डले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन ग
रेका हुन् । अवलोकनका क्रममा उ
नले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा रा
खेका थिए ।
सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन ग
रे । रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सी
लगायतको अवलोकन
पनि उनले गरे ।
प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरुले सम्पूर्ण जानकारी गराएका थिए
। उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो
। सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरु हुने अधिकारीहरुले जानकारी दिएका थिए ।