प्रधानमन्त्रीद्वारा जनैपूणिर्माकाे शुभकामना

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनैपूणिर्माकाे शुभकामना व्यक्त गरेका छन् । प्रचण्डकाे शुभकामना जस्ताकाेतस्तै :
नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ । जाति, भाषा र पर्वहरूको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गर्दछन् । यो हामी सबै नेपालीहरूका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय हो ।
वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार, बेथितिको अन्त्य गरी सुशासन कायम गर्न, व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन तथा विभिन्न महामारी, विश्व भूराजनीतिक संकट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताको सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने संकल्पमा छ । पछिल्लोसमय सरकारको तर्फबाट जे–जति पहलहरू लिइएका छन्, ती सबै देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित छन् । तसर्थ, यस ऐतिहासिक अवसरमा इतिहासदेखि कायम हुँदै आएको हाम्रो एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा थप उचाइमा पु-याउनसमेत आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।
अन्त्यमा, गाईजात्रा र जनैपूर्णिमा (ऋषितर्पणी) पर्वले हामी सबै नेपालीहरूलाई राष्ट्र निर्माणको साझा भावनाद्वारा प्रेरित भई सामाजिक सद्भाव र एकतासहित पारिवारिक आत्मीयता, प्रेम र खुसी कायम गर्न सकोस्, फेरि एकपटक सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१४ भाद्र, २०८०

पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *