प्रधानमन्त्रीद्वारा बकर ईदकाे शुभकामना

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहालले इस्लाम धर्मावलम्वीहरूको महान् पर्व बकर ईद (इद-उल-अजहा) २०८० काे शुभकामना व्यक्त गरेका छन् ।

विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य हो । विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरवसमेत हो । बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । यस्ता विविधतायुक्त विषेशता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले साँस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।’

सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर ईदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास लिएको बचाउदै उनले प्रेम र सद्‍भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *