प्रधानमन्त्रीद्वारा विपदमा ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल संसद् भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “हजारौँ शहीदको बलिदान, सयौँ बेपत्ता, घाइते अपाङ्ग योद्धाको योगदान र लाखौँ सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।”

प्रधानमन्त्रीले अविरल वर्षा, बाढी, पहिरो र जनधनको ठूलो क्षतिको विषम परिस्थितिमा संसदको पहिलो र दोश्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (एमाले) को सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *