नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएसँगै दाहालले पदभार ग्रहण गरेका हुन् ।
यो पदभार ग्रहण उनको तेस्रो पटक हो । दाहाल पहिलो पटक २०६५, दोस्रो पटक २०७४ प्रधानमन्त्री बनेका थिए । उनको दुवै कार्यकाल ९–९ महिनाको रह्यो । पहिलो पटक एमालेसँग गठबन्धनमा सत्तामा पुगेका दाहाललाई दोस्रो पटक भने नेपाली कांग्रेसले सहयोग गरेको थियो ।
Post Views: 28