प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत प्राप्त गरेका छन् । आज लिइएको विश्वासको मतमा उनले २६८ अर्थात ९९.२५ प्रतिशत विश्वासको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २ मत खसेको थियो भने, मत दिन्न भन्ने संख्या शून्य रहेको थियो । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रधानमन्त्री दाहालले विश्वासको मत माग गरेका थिए । २७५ सांसदमध्ये प्रतिनिधिसभाको वैठकमा २७० सांसदको सहभागीता थियो । ५ सांसद अनुपस्थित थिए । दाहालले विश्वासको मत प्राप्त गरेपछि माघ ५ गते सभामुख चयनको प्रक्रिया अघि बढ्ने संसद सचिवालयले जनाएको छ । दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए भने, ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।
Post Views: 25