प्रधानमन्त्री दाहालले पाए विश्वासकाे मत

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासकाे मत प्राप्त गरेका छन् । साेमबार लिएकाे विश्वासकाे मतमा उनले १७२ मत प्राप्त गरेका थिए । पुस १० गते प्रधानमन्त्री भएका दाहालले याे सहित २ पटक विश्वासकाे मत लिएका हुन् ।

उनकाे विपक्षमा ८९ मत आएकाे थियाे भने, एक जनाले मत दिन्न भनेका थिए । नेमकिपा ‘मत दिन्न’ भन्ने पक्षमा उभियो । साेमबारकाे संसद वैठकमा २६२ जना सांसद उपस्थिति थिए ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । यस पटक एमाले र राप्रपाले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *