प्रधानमन्त्री दाहालले भने, उद्धारमा कुनै कमजोरी नहोस

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको उद्दारमा कुनै कमजोरी नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको (रेस्क्यु) को अर्डिनेसन सेन्टरु पुगेर प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए । दुर्घटनामा परेर जिवित रहेकालाई तत्काल अस्पताल पुर्‍याउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दुर्घटनामा परेकाको विस्तृत विवरण बेलाबेला आफूलाई दिन निर्देशन पनि दिएका थिए । प्रधानमन्त्रीले साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *