माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शपथ लिएका हुन् । यो सँगै दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।
शपथ कार्यक्रममा दाहाल दौरा सुरुवालमा सहभागी थिए । दाहालले पहिलोपटक राष्ट्रिय पोसाक लगाएका हुन् । शपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई लगायतको उपस्थित थियो । त्यस्तै पूर्वमन्त्री तथा कूटनीतिक नियोगका प्रमुखहरू पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए ।
Post Views: 30