प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुस २६ मा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ । प्रधानमन्त्री दाहालले सोमबार संसद सचिवालयलाई विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम पुष १० मा प्रधानमन्त्री पदमा नियुक्त भएका दाहालले ११ गते पद तथा गोपनियताको शपथ लिएका थिए । धारा ७६ को उपधारा ४ बमोजिम प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । सोही कानुनी व्यवस्था अनुसार आफूले विश्वासको मत लिने प्रम दाहालले बताएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँगै तीनजना स्वतन्त्र सांसदले प्रधानमन्त्रीको लागि समर्थन गरेका थिए ।
एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदका साथै स्वतन्त्र निर्वाचित तीन गरी दाहाललाई १ सय ६९ सांसदको समर्थन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *