प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज गाेरखा जाने भएका छन् । बुधबारदेखी सुरू हुने गाेरखा महाेत्सवकाे उद्घाटन गर्न दाहाल चार वटै निकायका सुरक्षा प्रमुखसहित गाेरखा हिडेका हुन् ।
दाहालसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि गाेरखा जाँदै छन् । प्रतिनिधिसभा गोरखा–२ बाट निर्वाचित दाहाल तेस्रो पटक प्रधानमन्त्री निर्वाचित बनेपछि पहिलो पटक गोरखा आउन लागेका हुन् ।
सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुने महोत्सवको उद्घाटन गर्न बिहान ११.३० बजे दाहाल हेलिकोप्टरमार्फत गोरखा आउने गोरखा उद्योग वाणिज्य संघले जनाएकाे छ ।
त्यस्तै पृथ्वीजयन्तीको अवसरमा गोरखा नगरपालिका–६, ठूलो आँगन नवनिर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण तथा आजदेखि सुरु हुने ‘राष्ट्रनिर्माता सलामी’ शुभारभ्भ कार्यक्रममा सहभागी हुन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि आज गोरखा आउने छन् । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुत्तराज थापा पनि उक्त कार्यक्रममा सहभागी हुनेछन् । गाेरखामा सुरक्षा व्यवस्था कडा गरिएकाे छ ।