प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारमा दुई जनाबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपाल विश्वासको मत र एकीकृत समाजवादी सरकारमा जाने विषयमा पनि छलफल भएको बताइएको छ ।
पुस २६ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री दाहाल छन् । त्यसअघि नै प्रधानमन्त्री दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन लागिपरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएसँगै दाहाल एकीकृत समाजवादीलाई पनि सरकार सामेल गराउनका लागि सकारात्मक छन् । सात वटा पार्टीको समर्थनमा दाहाल प्रधानमन्त्री बनको थिए ।
Post Views: 26