प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको पेशी बिहीबार

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ३ वर्षअघि दिएको अभिव्यक्तिलाई लिएर मंंगलबार दर्ता भएको रिटको पेशी बिहीबारलाई तोकिएको छ । ज्ञानेन्द्रराज आरणसहितले मंगलबार रिट दर्ता गरेका थिए । सर्वोच्चबाट खडा गरिएको तारेख पर्चामा प्रधानमन्त्री दाहाललाई बिहीबार बिहान १० बजे अदालतमा हाजिर हुन भनिएको छ ।
अधिवक्ता आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका २ वटा रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको थियो । यसअघि उनीहरुले कार्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन कार्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ (दर्ता नगर्ने निर्णय) गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *