प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।
भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरे । प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकोमा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरेका थिए । सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरु तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति रहेको थियो ।
Post Views: 24