प्रवासी नेपालीले कहिले पाउँछन् मताधिकार ?

Share this post :

Facebook
Twitter
WhatsApp

विदेश रहेका नेपालीले मताधिकार पाउँछन् कि पाउँदैनन् भन्ने विषय अहिले बहसमा छ। मतदानको अधिकार दिनू भनी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन नभएको भन्दै सरकार र राजनीतिक दलहरुको आलोचना समेत हुने गरेको छ। आगामी वैशाख ३० गते स्थानीय तहको र १ वर्षभित्र प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ। यी निर्वाचनमा विदेशमा रहेका नेपालीले भोट दिन पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा सर्वत्र चासो छ।
अाईतबार अखिल भारत नेपाली एकता मन्च केन्द्रीय समिति दिल्ली राज्य समितिद्वारा सञ्चालन दक्षिण पूर्वी दिल्ली नगर बृहत भेला तथा प्रशिक्षण कार्य्रकममा दक्षिण पूर्वी नगर समितिका अध्यक्ष दिपक बिकको अध्यक्षता तथा केन्द्रीय समिति तथा राज्य सचिब अटल परियारको सञ्चालनमा उक्त कार्य्रकमका प्रमुख अतिथि , अखिल भारत नेपाली एकता मंच केन्द्रीय उप महासचिब आर बि खडकाको प्रमुख आतिथ्य, बिषेश अतिथि, एकता मंचका नेता मानु श्रेष्ठ, केन्द्रीय समिति सदस्य नारायण बिक, अर्जुन दयाल, सुर्य राना, कमला थापा, राज्य सह सचिब दिपक परियार ,राज्य सदस्य ऋता लिम्बू आम आदमी पार्टी युवा नेता आरिज खान भारतीय भाईचारा बाक्लो उपस्थिति थियो !
प्रमुख अतिथिले आरबी खड्काले भारत प्रवाशका नेता कार्यकर्तालाई सम्बोधन गर्दै नजदिक आइरहेको निर्वाचनमा माओवादी केन्द्रको जित सुनिश्चित गराउनका लागि स्वदेश फर्किएर प्रचार–प्रसार अभियानलाई तिब्र बनाउन अनुरोध गदै प्रतिबद्ध भएर आ–आफ्नो क्षेत्रमा खटिन अनुरोध समेत गरेका थिए । खड्काले संघीयता र गणतन्त्र हासिल गर्नका लागि प्रवासी नेपालीको पनि लामो त्याग, योगदान रहेको बताउँदै प्रवासी नेपालीको नोट चलेपनि भोट नचलेको भन्दै दुःख व्यक्त गरे । प्रवासी नेपालीलाई राज्यको संरचना बनाउन कहीं कतै भूमिका दिइएको छैन । ५६ प्रतिशत रेमिट्यान्स पठाउने प्रवासी कामदारको मताधिकार कहाँ छ भनेर खोज्न ढिला भइसकेको छ । ‘नेपाली जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ,’ उनले भने, ‘सर्वोच्चले २०७४ मा विदेशमा रहेका नेपालीलाई मतधिकार दिलाउन दिएको आदेशलाई कार्यान्व्यनमा लैजानुपर्छ ।’ भन्दै थिए !

आम आदमी पार्टी दिल्लीका युवा नेता आरिज खान उटघाटन कार्य्रकम बोल्दै नेपाली समुदायलाई पर्ने समस्यामा हाम्रो पार्टीले पूर्ण सहयोग गर्ने छ भन्दै प्रतिबद्धता गर्दै नेपाली जनता भारतीय जनताको सम्बद्धलाई थप बलियो बनाउनु पर्छ भन्दै जोड़दार सन्देश दिएका थिए !
बिषेश अतिथि मानु श्रेष्ठ बोल्दै प्रवासी नेपालीका सनस्या विषय सिमाना लूटपाट, बैंक खाता खोलना समस्या, हिमाचल मजदूर माथि अन्याय भएको जिकिर गर्दै नेपाली दूतावास र् भारत सरकारसङ्ग माग सम्बोधन गर्न जोड़दार माग गरेका थिए ! दिपक बिक नेतृत्व नगर समिति गठन भएको थियो ! अन्तमा बीच बीचमा कलाकारले कार्यक्रम प्रस्तुति गरेका थिए उक्त कार्य्रकमा झन्डै चार सयको उपस्थिति थियो ! दिल्लीका नेताको उपस्थितिमा सभ्य, शानदार रुपमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *