प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा सम्बन्धि पाेखरामा तीन दिने तालिम सुरू

Share this post :

Facebook
Twitter
WhatsApp

प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा सम्बन्धि पाेखरामा तीन दिने तालिमकाे आयाेजना गरिएकाे छ । उक्त तालिम शुक्रबारदेखि आइतबारसम्म संचालन गरिने छ ।

तालिममा गिट्टी र बालुवाको दिगो उत्खनन् र प्राकृतिक स्रोत सुरक्षणका उपायसम्बन्धि छलफल गरिनेछ । यूएसएआइडी  जलजंगल परियाेजनाकाे आर्थिक सहयाेग र इन्भाराेमेन्ट एण्ड इन्जिनियरिङ रिसर्च सेन्टरकाे आयाेजनामा तालिम कार्यशाला गरिएकाे हाे ।

गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीको उत्खनन गर्दा पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लक्ष्यलाई समर्थन गर्ने उद्देश्यले “प्राकृतिक स्रोतको संरक्षण मार्फत दिगो गिट्टी र बालुवा उत्खनन” विषयलाई सम्बाेधन गरिएकाे छ । यो तालिमले गिट्टी र बालुवा उत्खननको दिगो अभ्यासलाई प्रोत्साहन गर्दै प्राकृतिक स्रोतहरूको सुरक्षित र विवेकपूर्ण प्रयोग सुनिश्चित गर्न मार्गदर्शन गर्ने संस्थाका प्रबन्धक निर्देशक अजय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यश तालिमको उद्देश्य भनेकाे गिट्टी र बालुवा उत्खनन गर्दा वातावरणीय सुरक्षाका उपायको परिचय दिनु, दिगो उत्खनन अभ्यासमार्फत प्राकृतिक स्रोतको प्रभावकारी संरक्षण गर्नु र सरोकारवालालाई वातावरणीय संरक्षणका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्नु रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *