यूएसआडी जल जंगलद्धारा पोखरामा आयोजिक उद्यम विकास सम्बन्धी कार्यक्रममा सहभागीहरुले प्राकृतिक स्रोतलाई जोड दिएका छन् । प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसाय र दिगोपन उद्यमीका बिशेषताबारे छलफल गरिएको थियो । यस्तै, व्यवसाय ढाँचाबारे विस्तृत छलफल गर्दै उत्पादित गर्ने वस्तुको वजारीकरणका वारेमा अन्तरक्रिया भएको जंल जंगलका मनबहादुर विकले जानकारी दिए ।
व्यवसाय गर्दा राजनैतिक, आर्थिक, सामाजिक, प्राविधिक, वातावरणीय र कानूनी पक्षलाई समेटेर व्यवसायिक वातावरणको लेखाजोखासहित आगामी व्यवसायिक रणनीति तथा योजना तयार गरी कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरुको जोड थियो । वित्तीय विश्लेषण उद्यमीका लागी किन ? कसरी व्यवस्थापन गर्ने ? उत्पादन अनुपात के हो ? कुन वस्तु छनौट गर्दा धेरै आम्दानी हुन्छ जस्ता विषयमा पनि छलफल गरिएको आयोजकले जनाएको छ ।
तालिममा विकले परियोजनाका उद्देश्य, प्राथमिकतामा, भौगोलिक क्षेत्र, परियोजना दृष्टिकोणबारे बताएका थिए । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव रामचन्द्र कँडेलले प्रदेश तथा पालिकामा उद्यम सम्बन्धि भएका नीतिगत कुराको पालना गर्दै उद्यमीहरु छनोट गर्नुपर्ने बताएका थिए । वनमा आधारित उद्योगको पहिचान, समस्या तथा समाधानका लागि गरिने प्रयासमा सहजीकरण गरि सूचना दिनुपर्ने उनको भनाई थियो । मन्त्रालयले भर्खर मात्रै प्रदेशस्तरीय वन नियमावली बनाएर अर्थ मन्त्रालयमा पास गर्न पठाएको जनाएको छ । तालिममा पालिकाबाट आएका उद्यम विकास सहजकर्तालाई प्राकृतिक स्रोतमा आधारित उद्यमबारे अभिमुखीकरण दिइएको थियो ।