प्राङ्गारिक कृषि उपजको दिगो उत्पादनका लागि किसानलाई प्रबिधी हस्तान्तरण

Share this post :

Facebook
Twitter
WhatsApp

प्राङ्गारिक खेती प्रर्बधनका लागि कृषकलाई आज एक कार्यक्रम बीच उपयोगी कृषि सामग्री र बीउबिजनहरु लगायतका प्रबिधीहरु हस्तान्तरण गरिएको छ ।
त्रिकोण डेनमार्कको साझेदारीमा आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल काभ्रे शाखाद्वारा सञ्चालित काभ्रे एकिकृत ग्रामीण सशक्तिकरण कार्यक्रम अन्तरगत काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ३ र ४ मा गठित प्राङ्गारिक कृषि उपज उत्पादनका लागि समुहमा आवद्द भएका मध्ये पहिलो चरणमा प्राङ्गारिक उन्मुख व्यवसायिक खेति गर्ने ३६ जना, प्राङ्गारिक करेशाबारी स्थापना गर्ने १६० र कृषि वन मोडलमा सहभागि हुने ९ जना कृषकहरुलाई उन्नत जातका हिउदे तरकारीका बीउबिजनहरु, प्लाष्टिक टनेल, स्वचालित स्प्रेयर, सिचाई पाइप, सिचांई पोखरीका लागि प्लाष्टिक, झोलमल वानस्पातिक बिषादी बनाउन ड्रम, क्रेट लगाएतका सामग्रीहरु प्रदान गरिएको हो ।
प्रबिधी हस्तान्तरणको क्रममा बोल्दै प्रमुख अतिथि मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोकका टोक बहादुर वाइवाले माटोको उर्वराशक्तिलाई जोगाइराख्न, आफ्नो स्वस्थ जीवनयापनका साथै भावी सन्ततिको रक्षाका लागि रासायनिक मल र बिषादी रहित खेती गर्नुको बिकल्प नरहेको बताउदै आस्क नेपालले दिएको प्राबिधीक ज्ञानका आधारमा कृषकले प्राङ्गारिक कृषि बाली उत्पादनमा अग्रसर हुनुपर्ने बेला आएको बताए ।
यस्तै प्रबिधी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्डन देउपुर नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष पुरुषोत्तम बजगाईंले कृषकले प्राप्त गरेको सीप तथा सामाग्रीलाई अधिकतम् प्रयोग गर्दै दीगो रुपमा प्राङ्गारिक कृषि उपजको उत्पादन गर्न थालेपछि वडाबाट संकलन केन्द्र स्थापनामा पहल साथै बजारीकरणमा सहयोग गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *