प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण : मन्त्री थापा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनको समापन कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।
‘प्रेस मर्यादित हुन आवश्यक छ । जसका लागि यस सम्बद्ध संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । गलत सूचना पर्वाह गरी नागरिकलाई समस्यामा पार्ने बाटो तर्फ मिडिया लाग्न हुँदैन । अवलोकन र अनुगमन मिडिया क्षेत्रलाई पनि आवश्यकता छ ।’ उनले भने ।
मन्त्री थापाले प्रदेश सरकार प्रेसमैत्री कानून निर्माणको सवालमा सकरात्मक रहेको अभिव्यक्ति दिएका छन् । आमसंचार विधेयक सम्पूर्ण रुपमा तयार भइसकेको र अब पारित हुन मात्रै बाँकी रहेको उल्लेख गर्दै श्रमजीवि पत्रकारको हक, हितका लागि दत्तचित्त भएर लाग्न उनको आग्रह छ ।
कार्यक्रममा निर्वाचन प्रतिनिधि रामप्रसाद दाहालले सहमति, सहकार्य र एकताको सवालमा श्रमजीवि पत्रकारको मुद्धामा प्रेस युनियन बोल्ने विश्वास व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष टंक अधिकारीले प्रेस युनियनको विधानलाई टेकेर विधानले निर्दिष्ट गरेका कामकारबाहीलाई पालना गर्दै संगठनलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *