प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशकाे इन्चार्जकाे जिम्मेवारी दीपक श्रेष्ठ (जलन)लाई दिइएकाे छ । शनिवार पेरिस डाँडा काठमाडौंमा बसेकाे प्रेस सेन्टर केन्द्रीय पदाधिकारीकाे दाेस्राे पूर्ण वैठकले सेन्टरका केन्द्रीय उपमहासचिव जलनलाई जिम्मेवारी ताेकेकाे हाे ।
गत माघ १ गते काठमाडौबाट पाेखरा आउँदै गरेकाे यति एयरलाइन्सकाे विमान दुर्घटना हुँदा प्रदेशका इन्चार्जसमेत रहेका प्रेस सेन्टर नेपाल केन्द्रका उपाध्यक्ष त्रिभुवन पाैडेलकाे मृत्यु भएपछि प्रदेश ईन्चार्जकाे पद रिक्त थियाे । जलनले गाेरखामा रहेर सामुदायिक रेडियाे, अनलाइन मिडिया संचालन गर्दै आएका छन् । उनी विगत दुई दशकदेखि पत्रकारितामा सकृय छन् ।
Post Views: 31