प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाको अध्यक्षमा प्रतीक्षा काफ्ले निर्वाचित भएकी छन् । मंगलबार भएको जिल्ला अधिवेशनले प्रतीक्षा काफ्लेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
जसको उपाध्यक्षमा नारायण विश्वकर्मा, सचिवमा कामना सुनार, सहसचिवमा पर्वत गुरुङ र उदयराज भण्डारी, कोषाध्यक्षमा शालिकराम पोखरेल रहेका छन् ।
यस्तै सदस्यहरुमा केपी खनाल, विनोद भट्टराई, मुक्त खवास, विमला भुर्तेल, सुसन ताम्राकार, रोजीना पंगेनी विश्वकर्मा र सपना अर्याल रहेका छन् । अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
यस्तै भेलाले प्रदेश र केन्द्रीय प्रतिनिधि पनि छनोट गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादीका जिल्ला अध्यक्ष प्रकाश न्यौपानेले पत्रकारिताको माध्यमबाट नै समाज परिवर्तन गर्न सकिने बताए । उनले समाजको ऐना नै पत्रकार रहेको बताउदै निस्पक्ष र स्वतन्त्र रहेर कमल चलाउन आग्रह गरे ।