गण्डकी प्रदेश सरकारको फागुन मसान्तसम्म जम्मा ७ अर्व ४६ करोड राजस्व संकलन भएको छ । जसमध्ये प्रदेश सरकारको खुद राजस्व २ अर्व ६५ करोड र संघीय सरकारबाट प्राप्त राजस्व ४ अर्व ६१ करोड रहेको प्रदेश लेखा नियन्त्रक केशवराज ढकालले जानकारी दिए । ‘प्रदेश सरकारको राजस्वको दायरा साह्रै न्युन छ’ उनले भने, ‘संघीय सरकारकै अनुदानमा निर्भर पर्नुपर्छ ।’ उनले प्रदेश सरकारका आफ्ना क्षेत्राधिकार भित्र पर्ने पनि संघीय सरकारलाई राजस्व दिनुपर्ने हुदा“ राजस्व न्युन भएको बताए । गण्डकी सरकारले प्रदेशभरी सवैभन्दा बढी राजस्व यातायात क्षेत्रमा संकलन गर्ने कार्यालयले जनाएको छ । यस्तै, मालपोतबाट प्राप्त हुने राजस्व पन प्रदेश सरकारको मुख्य आम्दानी रहेको उनले बताए । कार्यालयका अनुसार पदयात्रा शुल्क, कृषि उत्पादनको विक्रीबाट प्राप्त रकम, सरकारी सम्पतिको विक्रीबाट प्राप्त रकम, अन्य सेवा शुल्क, परीक्षा शुल्क, शिक्षा क्षेत्रको आम्दानी, प्रशासनीक सेवा शुल्क, व्यवसाय रजिष्ट्रर दस्तुर, न्यायिक, दण्ड, जरिवाना र जफत, धरौटी, बेरुजु, निकासा र अनुदान फिर्ता लगायतको आम्दानी प्रदेश सरकारको एकल आम्दानी हो ।
