फागुन २५ देखी पोखरा विमानस्थलबाट रात्रिकालीन उडान

Share this post :

Facebook
Twitter
WhatsApp

फागुन २५ गतेदेखी पोखरा विमानस्थलबाट रात्रिकालिन उडान हुने भएको छ । पोखरा रुटमा पहिलोपटक रात्रिकालीन उडान हुने भएको हो । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार पोखरा काठमाडौं रात्रिकालीन उडान फागुन २५ गतेबाट सुरु हुनेछ । जनवरी १ बाट सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।
आन्तरिक उडानतर्फ बिहानदेखि सुरु भए पनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने अवस्था छ । रात्रिकालीन उडानसँगै यो अवस्था अन्त्य हुने पोखरा विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन् ।
‘विमानस्थलले म्याचुरिटी पिरियड पार गरेसँग बुद्धले मार्च ९ गतेबाट रात्रिकालीन उडान गर्नेछ । काठमाडौंबाट पोखरा गएर ४ वटा वुद्धका विमान बास बस्छन् । बुद्धले बेलुका ८ बजेसम्म उडान गर्ने कर्णले बताए ।
यसअघि नागरिक उड्डयन प्राधिकरणले फेब्रुअरी २३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । सोही दिनबाट रात्रिकालीन उडान हुने प्राधिकरणले जनाए पनि अहिलेसम्म तालिका सार्वजनिक हुन सकेको थिएन । तर, केही समय ढिला गरी रात्रिकालीन उडानको तालिका बुद्ध एयरलाइन्सले सार्वजनिक गरेको हो ।
रात्रिकालीन र अन्तर्राष्ट्रिय उडान दुवैको तयारी भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयरले भारतका ३ गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको हो । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कोरियन एयर, बिज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *