“फिल्म खेल्ने मेरो सानैदेखीको रहर हो”

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी पुष १५ मा रिलिज हुने ‘चपली हाईट ३’ मा मुख्य भुमिका निभाउदै छन् प्रतिकमान श्रेष्ठ । इण्डियामा व्याचलर र अष्ट्रेलियामा डब्बल मास्टर्स सकाएर नेपाल फर्किएपछि व्यवसायी यात्रामा अगाडी बढेका श्रेष्ठ पछिल्लोपटक फिल्मी यात्रामा डव्यु गरेका छन् ।
‘फिल्म खेल्ने सानैदेखीको रहर हो’ श्रेष्ठ भन्छन, ‘बच्चा हुदाँको रहर ठूलो भएपछि पुरा गरे । सानोमा पनि फिल्म हेर्दा मन परेको क्यारेक्टरमा खुब डुबेर हेर्थे ।’ घरपरिवारको सहयोगले नै उनी फिल्म क्षेत्रमा हात हालेको बताउँछन् । उनी कान्तिपुर डेन्टल कजेल र कान्तिपुर डेन्टल अस्पतालको निर्देशक हुन् । उनको यो पारिवारीक व्यवसाय हो ।

२०४६ असोज २७ मा काठमाडौ जन्मिएका श्रेष्ठको पुख्यौली घर स्याङ्जाको चापाकोट हो । उनको पहिलो रुचाई नै याक्टिङ हो । ट्रेकिङ र अध्ययन पनि उनको अर्को रुचीमा पर्छन् । व्यवसायसँगै फिल्मी क्षेत्रमै करियर देखेका श्रेष्ठ भन्छन, ‘फिल्म खेल्नको लागि एक÷दुईवटा अफर आएको छ । अहिले नै निर्णय गरेको छैन् ।’ बाहिर हेर्दा जस्तो सजिलो नरहेको बताउदै उनले फिल्मी क्षेत्रमा विलकुलै नया“ अनुभव लिएको बताए । अनुभवी कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसरको रहेको उनी बताउँछन् ।
चपली हाइट ३ बेस्ट ओपन सस्पेन्स र क्राईम खालको छ । उनी सव–इन्सपेक्टरमो भुमिकामा देखिन्छन् । पहिलोपटक फिल्म खेलेका उनी कलाकारका जीवनशैली र फिल्मीयात्राको कुरा सिक्न पाएको बताउ“छन् । ‘याक्टिड सिक्न पाए’ उनले दोहो¥याए, ‘सोचे जतिको सजिलो नहुदो रहेछ । बाहिर हेर्दा एकथरि भित्र काम गर्दा अर्कै । गाह्रो लाग्यो । नयाँ कलाकार भनेपछि पुरानाले हेप्नी प्रबृत्ति उस्तै । यो प्रबृत्ति अल्लि चित्त बुझेन ।’ पुराना कलाकारले नया“ कलाकारलाई सानो ठान्ने, आफ्ना सिन काट्ने र अरु कलाकारलाई दिने, जस्ता अनुभव उनका छन् । ‘फिल्म राम्रो बनाउन हो भनेपछि मैले बुझेर पनि नकरात्मक सोचिन । सवै पोजेटिभ नै लिएको छु ।’

प्रतीक यसभन्दा अघि कपल म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । उनले २०१८ मा अर्जुन कुमारको भोकल र डाईरेक्सन निके खड्काको ‘पागल’ भन्ने गितमा पहिलोपटक काम गर्ने अवसर पाएका थिए । त्यहीबाट नै उनले यस क्षेत्रमा हाल हालेका हुन् । प्रतिकमान श्रेष्ठ अनुभवी मोडल हुन् । उनी राम्रो अनुभवी भएकाले चपली हाईट ३ मा आर्टिस्टको भुमिका निभाएका छन् । उनले विदेशमा रहदा याक्ट्रि कोष गरेका थिए । यसबाट पनि उनलाई फिल्मी यात्रा सहज भएको हो । कलाकार भएपछि काम गर्ने स्पेश छ कि छैन भन्ने कुराले अर्थ राख्ने उनको भनाई छ । फिल्मको माग अनुसार भुमिका निभाउन सकिन्छ या सकिदैन भन्नेमा उनी उत्तिकै सचेत छन् ।
उनले नाम चलेका हिरोइनसँग काम गर्दा आफू हराउनेमा चिन्ता नरहेको बताउदै भने, ‘हामीलाई पनि चिनिने मौका मिल्छ । पुराना कलाकारबाट धेरै कुरा सिक्न सकिन्छ ।’ यो मोभिमा प्रोमिसिङ याक्ट्रस अर्पन थापा र दिपाश्री निरौलाले प्रिजेन्ट गरेका छन । चपली हाइट ३ का प्रोडयुसर डा बुद्धिमान श्रेष्ठ र अर्जुनकुमार डङ्गोल, डाईरेक्टर निकेस खड्का, याक्टर प्रतिकमान श्रेष्ठ र महेस त्रिपाठी, अमीर गौतम, सुपुस्पा भट्ट कंडेल र स्वस्तीमा खड्का बस्नेत रहेका छन् । यस फिल्मको सुटिङ काठमाडौमै गरिएको छ । स्टोरी र कन्सेप नयाँ रहेको प्रोडयुसर डा बुद्धिमान श्रेष्ठ बताउँछन् । ‘नेपाली फिल्ममा यो छुट्टै छ’ उनले भने, ‘फिल्म राम्रै चल्ने आशा गरेका छौ । स्टोरी र कन्सेप नयाँ खालको छ ।’ नेपाली फिल्म यस्तै कन्सेपमा बढी निर्माण नहुने गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *