फेदीखाेला-२ काे बजेट खर्च ८२ प्रतिशत

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको फेदीखाेला गाउँपालिका-२ काे गत आर्थिक वर्ष (२०८०/८१)काे बजेट खर्च ८२ दशमलव ६९ प्रतिशत रहेकाे छ । कुल बजेट ३० लाखमध्ये २४ लाख ८० हजार ८ सय ५३ रुपैयाँ
बजेट खर्च भएकाे छ ।

जसमा ७ लाख रहेकाे चालुखर्चमध्ये खर्च ६१.४२ अर्थात ४ लाख ३० हजार र पुँजीगतकाे २३ लाखमध्ये २० लाख ५० हजार ८ सय ५३ रुपैयाँ अर्थात् ८९.१६ प्रतिशत खर्च भएकाे छ । ५ लाख राजश्व संकलन गर्ने लक्ष्य रहेकाे यश वडाले गत आवमा २१ लाख ४८ हजार ८ सय १ रुपैयाँ ९५ पैसा संकलन भएकाे वडाध्यक्ष अभिलाष गुरूङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *