फेरि मौसम बदली र वर्षाको सम्भावना

Share this post :

Facebook
Twitter
WhatsApp

देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश नम्बर १ र वाग्मती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पानि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले प्रदेश नम्बर १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ । काठमाडौंको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *