फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु

Share this post :

Facebook
Twitter
WhatsApp

बर्खा सुरु भएपछि अघिल्लो वर्षजस्तै यसपटक पनि फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु भएको छ । आइतबारदेखि यो अभियान सुरु भएको हो । सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वाटर कास्कीका गणपति (एसपी) अरुण पौडेल शर्माले उक्त अभियाानको सुुरुवात गरेका छन् ।
एसपी शर्माले फेवाताल पर्यटकको प्रमुख गन्तव्य रहेको हुँदा सदावहार सफा राख्न सबै एकजुट हुनुपर्ने बताए । तालतलैया लगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको एसपी पौडेलको भनाई छ ।
स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल बर्खा सुरुभएसँगै जलकुम्भीले ढाकिन्छ । फेवाताल संरक्षणका लागि दीर्घकालीन योजना भने पोखरा महानगरले पनि ल्याउन सकेकाो छैन् । जलकुम्भी पनि फेवातालको मुख्य समस्याकोरुपमा छ ।
पोखरा महानगरपालिका–१८ खपौदिस्थित फेवातालको जलकुम्भी निकालिएको हो । फेवतालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा जलकुम्भी सरसफाई अभियान सुरू भएको हो ।
‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी’ भन्ने मुल नाराका साथ फेवातालको जलकुम्भी सफाइ अभियान राखिएको अभियानता रामबहादुर पौडेलले जानकारी दिए । पौडेलले यो अभियान हरेक वर्ष चैतमा राखिदै आएको बताउदै यसपटक भने विविध समस्याका कारण वैशाखमा राखिएको बताए ।
आजा पहिलो दिन सशस्त्र प्रहरी, नेपाली सेना, महानगरिय प्रहरी, स्थानीय आमा समुह, नागरिक समाज, रेवान, सामाजिक संघसंस्था, पत्रकारलगायत उपस्थित थिए ।
सोमबारदेखि जलारी समुदायले यस अभियानलाई ज्यालासहित निरन्तरता दिने पोखरा–६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले बताए । अभियानमा करिव ३ सय सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *