फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिनअघि हटाएको थियो ।

बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए । बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै बालेनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलोको अभियाननै चलाएका थिए ।
यस क्रममा बालेन र ओलीका समर्थक एक आपसमा डिजिटल लडाईमा लागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *